रेडियोको अध्यक्षमा चयन भएका देविबन्धु थापा मन्तव्य राख्दै र मन्चमा आसिन अन्य अतिथि । तस्बिर : उज्यालो अभियान
लालबन्दी, १२ कात्तिक – सामुदायिक रेडियो एकता ९२.४ मेगाहर्ज संचालन गरिरहेको सामुदायिक संचार एकता सहकारी संस्था लालबन्दीको १६ औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
लालबन्दी नगरपालिका ५ मेजरगन्जस्थित रेडियोको भवनमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले रेडियो संचालक समितिको अध्यक्षमा देविबन्धु थापालाई सर्वसम्मतरुपमा चयन गरेको हो । यसअघिका अध्यक्ष गोविन्दबहादुर महतले व्यक्तिगत कारणले राजिनामा दिएपछि आज सम्पन्न साधारण सभाले यसअघि उपाध्यक्ष रहेका थापालाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।
थापा उद्योग वाणिज्य संघ लालबन्दीको संस्थापक अध्यक्षसमेत हुन् । थापा अध्यक्षमा चयन भएपछि रेडियोको संचालक समिति उपाध्यक्षमा योगराज देवकोटा (युवराज) लाई चयन गरिएको छ । देवकोटा यसअघि संचालक समितिको सदस्य हुन् ।
यस्तै रेडियोको संचालक समिति सदस्यमा लालबन्दी १७ का पूर्व वडाध्यक्ष नवराज अधिकारीलाई चयन गरिएको छ । प्रदेशसभा सदस्य एवं प्रदेश सरकारका पूर्वमन्त्री कौशलकिशोर रायको प्रमुख आतिथ्यता एवं लालबन्दी नगरपालिका ५ का वडाध्यक्ष मीनप्रसाद ढुंगेल (रामु) को विशिष्ठ आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
सभामा रेडियोका अध्यक्ष थापाले संचालक समितिको तर्फबाट प्रतिवेदन, कोषाध्यक्ष शालिग्राम लम्सालले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका सदस्य मोहनबहादुर केसीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गरेका छन् ।
रेडियोका व्यवस्थापक प्रकाश मैनालीको संचालन तथा संचालक समिति सदस्य भवानीकुमारी कोइरालाको स्वागतमा साधारण सभा सम्पन्न भएको हो ।