बयलवास, ०२ कात्तिक – सर्लाही जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा रोजित केसी मनोनित भएका छन् ।
मधेश प्रदेश सरकारको मधेश खेलकुद परिषद्ले ईश्वरपुर नगरपालिका ८ रामपुर निवासी केसीलाई जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा मनोनित गरेको हो । मधेश खेलकुद परिषद्को निर्णय बमोजिम केसीलाई खेलकुद विकास समिति सर्लाहीको अध्यक्षमा मनोनित गरिएको उल्लेख गर्दै जिल्लामा खेलकुद क्षेत्रको प्रवद्र्धन र समग्र विकासमा उल्लेख्नीय योगदान रहने उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस निकट केसी सो पार्टीको भातृ संस्था लोकतान्त्रिक खेलकुद महासंघ सर्लाहीको अध्यक्षसमेत हुन् ।
