वुद्धबहादुर विश्वकर्मा/श्रीनगर, ०२ कात्तिक – सर्लाहीको श्रीनगरमा आयोजित जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि जमुनिवास युवा क्लब धनुषाले जितेको छ ।
ईश्वरपुर नगरपालिका–१३, स्थित श्रीनगर खेल मैदानमा आयोजित प्रतियोगिताको फाइनल खेलमा सूर्यकिरण युवा क्लब भब्सी महोत्तरीलाई ३–२ गोलले पराजित गर्दै जमुनिवासले प्रतियोगिताको उपाधि रक्षा गरेको हो । बिजेता जमुनिवासले ट्रफीसहित नगद एक लाख रुपियाँ प्राप्त गरेको छ भने उपबिजेता भब्सीले ५० हजार रुपियाँमा चित्त बुझाएको छ ।
फुटबल खेल र खेलडीको प्रवद्र्धन गर्न स्थानीयस्तरमा सरसहयोग जुटाएर फुटबल प्रतियोगिता सम्पन्न गरिएको आयोजक कर्तव्य यूवा क्लब श्रीनगरका अध्यक्ष गोपाल बम्जनले जानकारी दिए ।
दीपावली तथा छठ पर्वको अवसरमा सर्लाहीसहित मधेश प्रदेशका जिल्लाहरुमा अहिले फुटबल, भलिबल, क्रिकेट, कुस्तीलगायतका प्रतियोगिता आयोजना भइरहेका छन् ।