चन्द्रनगर गाउँपालिकाको कार्यालय । (तस्बीर : उज्यालो अभियान)
चन्द्रनगर, २४ भदौ – जेन-जी आन्दोलनका क्रममा अहिले राती सर्लाहीको चन्द्रनगर गाउँपालिका कार्यालयमा तोडफोडसहित आगजनी सूरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र खड्काका अनुसार अहिले राती चन्द्रनगर गाउँपालिका कार्यालय तोडफोड र आगजनी सूरु भएको हो । ‘अहिले भर्खर चन्द्रनगर गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी सूरु भएको खबर आएको छ’, एसपी खड्काले भने, ‘त्यहाँको अवस्थाबारे बुझ्ने र स्थिती नियन्त्रणमा लिने प्रयास भईरहेको छ ।’ चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोलेपनि अहिले भर्खर गाउँपालिका कार्यालयमा तोडफोडसहित आगजनी भइरहेको खबर प्राप्त भएको र विस्तृत विवरण आइनसकेको बताएका छन् ।
दिनभर तनावग्रस्त रहेका जिल्लाका अन्य स्थानमा भने हाल स्थिती शान्तिपूर्ण रहेको एसपी खड्काले जानकारी दिए ।
योपनि पढ्नोस्