logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

भूमि विद्येयकको विरोधमा मदनपुर बजारमा जसपा नेपालको प्रदर्शन


  • उज्यालो अभियान

कविलासी, १३ भदौ – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले आज सर्लाहीको कविलासी नगरपालिकास्थित मदनपुर बजारमा आज प्रदर्शन गरेको छ ।

पार्टीको कविलासी नगर समितिले भूमि विद्येयकको विरोधमा जनप्रर्दशन गरेको हो । कालो ब्यानरसहित गरिएको प्रदर्शनमा ‘भूमि र वन बचाऔँ, तराई मधेशलाई मरुभूमिकरण हुनबाट जोगाऊँ’ भन्ने नारा लेखिएको थियो ।

प्रदर्शनमा मधेश प्रदेश सभा सदस्य सन्जय यादव, कविलासी नगरपालिकाका पूर्व नगर प्रमुख कौशलकिशोर राय, जसपा नेपालका अन्य नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।