मलंगवा, १२ भदौ – राष्ट्रिय मुक्ति पार्टी नेपाल सर्लाहीको अध्यक्षमा गणेशकुमार यादव मनोनित भएका छन् ।
पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले आज यादवलाई अध्यक्षमा मनोनित गरेको पत्र प्रदान गरेका हुन् । यादवलाई पार्टी अध्यक्ष महतोले हस्ताक्षर गरी प्रदान गरेको मनोनयन पत्रमा जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।
हरिपुर्वा नगरपालिका निवासी यादव केही दिनअघि मात्रै जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरेका थिए ।