logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरैया र हरिपुरलाई भलिबल उपाधि


  • उज्यालो अभियान

चिताइन, १५ साउन – सर्लाहीको हरिपुर नगरपालिका ७ चिताइनमा आयोजित माध्यमिक विद्यालय स्तरीय भलिबल प्रतियोगिता अन्तर्गत किशोरतर्फको उपाधि जनता माध्यमिक विद्यालय हरिपुर ४ हरैयाले जितेको छ ।

पाँचकुमार राम औतार लक्षिया माध्यमिक विद्यालय हरिपुर १ हजारबिघालाई ३–१ को सेटमा पराजित गर्दै हरैयाले प्रतियोगितामा किशोरतर्फको भलिबल उपाधि हात पारेको हो । महावीर जनता माध्यमिक विद्यालय हरिपुर २ तेस्रो भएको छ । किशोरीतर्फ भने महावीर जनता मावि हरिपुरले राम औतार लक्षिया मावि हजारबिघालाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको छ ।

भलिबलमा किशोरीतर्फ जनता मावि हरैया तेस्रो भएको छ । प्रतियोगितामा किशोर तथा किशोरी दुवैमा पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजक लक्ष्मीनाथ यूवा क्लबका चेतनारायण धामीले जानकारी दिए ।

बालविवाह न्यूनिकरण गर्ने उद्देश्यसहित सेभ द चिडे«न र ग्रामीण नारी उत्थान संघले २० वर्षमुनिका किशोरकिशोरीलाई सहभागी गराएर भलिबल प्रतियोगिता आयोजना गरेका हुन् ।