logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध


  • उज्यालो अभियान

लालबन्दी, ०४ साउन – व्यापारीले तरकारी नकिनेपछि किसानले आइतबार बिहानदेखि लालबन्दीस्थित महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन् ।

बिक्रिकालागि लालबन्दी स्थित कृषि उपज संकलन केन्द्रमा ल्याएकाे तरकारी व्यापारीहरुले खरिद नगरेपछि किसानहरु तरकारी नै बाेकेर राजमार्गमै उभिएका हुन् । नगरपालिकाले निकासी कर लगाएकाले थाेक व्यापारीहरुले किसानककाे तरकारी नकिनेकाे कृषि उपज संकलन केन्द्रका अध्यक्ष प्रमाेद थपलियाले जानकारी दिए । राजमार्ग अवरुद्ध हुँदा लामाे दुरी चल्ने सबारीसाधनकाे लाम लागेकाे छ ।