logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा संघीय बजेटबाट कुन पालिकाले कति खर्च गरे ?


  • उज्यालो अभियान

टंक बहादुर क्षेत्री/मलंगवा, ३१ असार – चालु आर्थिक वर्ष २०८१/०८२ मा संघीय सरकारबाट सर्लाहीस्थित २० वटा पालिकामा प्राप्त बजेटमध्ये १८ करोड ३७ लाख ५ हजार ५५३ रुपैंया ६ पैसा फिर्ता (फ्रिज) भएको छ ।

चालूतर्फ ३ अर्ब ३५ करोड ७१ लाख ९६ हजार ८३२ रुपैंयामध्ये ३ अर्ब २२ करोड ९२ लाख ८८ हजार ३३० रुपैंया ६१ पैसा तथा पूँजीगततर्फ १० करोड ९० लाख ७९ हजारमध्ये ५ करोड ३२ लाख ८१ हजार ९४८ रुपैंया ३३ पैसा खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मलंगवाले जनाएको छ ।

सर्लाहीस्थित पालिकाहरुमध्ये सबैभन्दा बढी चक्रघट्टा गाउँपालिकाको २ करोड १७ लाख ८२ हजार १२५ रुपैंया १० पैसा तथा सबैभन्दा कम बलरा नगरपालिकाको ४ लाख ६० हजार ३७० रुपैंया फ्रिज भएको छ । चक्रघट्टाले चालूतर्फ १४ करोड १ लाख ८७ हजार ४४० रुपैंया मध्ये १३ करोड ६५ लाख ७ हजार २१५ रुपैंया ९० पैसा तथा पूँजीगततर्फ १ करोड ९५ लाख ८२ हजार रुपैंयामध्ये १४ लाख ८० हजार ९९ रुपैंयामात्र खर्च गर्न सकेको छ । यसअघिका वर्षहरुमा उत्कृष्ट देखिएको चक्रघट्टामा यसवर्ष भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापाल सहितलाइ मुद्धा दायर गरेका कारण खर्च हुन नसकेको पालिका स्रोतले बतायो ।

त्यस्तै पर्सा गाउँपालिकाको १ करोड ८४ लाख ७५ हजार ८४८ रुपैंया २० पैसा फिर्ता भयो । त्यहाँ चालूतर्फ ९ करोड ३ लाख ८८ हजारमध्ये ८ करोड ३२ लाख २८ हजार १५१ रुपैंया ८० पैसा मात्र खर्च भयो भने पूँजीगतर्फको १ करोड १३ लाख १६ हजार रुपैंया नै खर्च हुन सकेन । त्यसैगरि कविलासी नगरपालिकाको १ करोड ५४ लाख ५७ हजार ७२९ रुपैंया फ्रिज भएको छ । कविलासीले चालूतर्फ १८ करोड ८९ लाख ८ हजार रुपैंयामध्ये १७ करोड ३४ लाख ५० हजार २७१ रुपैंयामात्र खर्च गर्न सक्यो ।

चन्द्रनगर गाउँपालिकाको १ करोड ३८ लाख ५ हजार २७९ रुपैंया ५४ पैसा फ्रिज भएको छ । चन्द्रनगरले चालूतर्फ १२ करोड ९३ लाख १ हजार रुपैयामध्ये १२ करोड ६६ लाख ५७ हजार ६७८ रुपैंया ४६ पैसा तथा पूँजीगततर्फ २ करोड १६ लाख १५ हजार रुपैंयामध्ये १ करोड ४ लाख ५३ हजार ४२ रुपैंयामात्रै खर्च ग¥यो । यता ईश्वरपुर नगरपालिकाले पनि १ करोड ३४ लाख ४४ हजार ५९२ रुपैंया ६० पैसा फिर्ता पठाएको छ । ईश्वरपुरले चालूतर्फ २५ करोड १७ लाख ७० हजार ६०० रुपैंयामा २४ करोड ५४ लाख ४८ हजार ७ रुपैंया ४० पैसा तथा पूँजीगततर्फ ७७ लाख ७२ हजार रुपैंयामध्ये ६ लाख ५० हजार रुपैंयामात्रै खर्च गर्न सक्यो ।

त्यसैगरी लालबन्दी नगरपालिकाको १ करोड २९ लाख १ हजार ७७९ रुपैंया २१ पैसा फ्रिज भएको छ । लालबन्दीले चालूतर्फ २९ करोड ३९ लाख ७ हजार ३९२ रुपैंयामध्ये २८ करोड २८ लाख ७० हजार २९५ रुपैंया ७९ पैसा तथा पूँजीगततर्फ १ करोड ३० लाख रुपैंयामध्ये १ करोड ११ लाख ३५ हजार ३१७ रुपैंयामात्र खर्च गर्न सक्यो । कौडेना गाउँपालिकाको १ करोड २३ लाख २९ हजार ५३५ रुपैंया ८० पैसा फ्रिज भएको छ । कौडेनाले चालूतर्फ १३ करोड १८ लाख १४ हजार रुपैंयामध्ये ११ करोड ९४ लाख ८४ हजार ४६४ रुपैंया २० पैसा मात्र खर्च गर्न सक्यो ।

त्यस्तै बागमती नगरपालिकाको १ करोड ९ लाख ८४ हजार ७६० रुपैंया १४ पैसा फ्रिज भएको छ । बागमतीले चालूतर्फ २० करोड ३९ लाख १ हजार ६०० रुपैंयामध्ये १९ करोड २९ लाख ९६ हजार ३११ रुपैंया ८६ पैसा तथा पूँजीगततर्फ ७३ लाख ८४ हजार रुपैंयामध्ये ७३ लाख ४ हजार ५२८ रुपैंयामात्रै खर्च गर्न सक्यो । हरिवन नगरपालिकाको १ करोड ६ लाख ७८ हजार ९७२ रुपैंया फ्रिज भएको छ । हरिवनले चालूतर्फ २२ करोड ११ लाख ११ हजार रुपैंयामध्ये २१ करोड ६५ लाख ८३ हजार ६५ रुपैंया १५ पैसा तथा पूँजीगततर्फ १ करोड ३२ लाख १० हजार रुपैंयामध्ये ७० लाख ५८ हजार ९६२ रुपैंया ३३ पैसामात्र खर्च ग¥यो ।

त्यसैगरी हरिपूर्वा नगरपालिकाको १ करोड २१ हजार ८९४ रुपैंया फ्रिज भएको छ । हरिपूर्वाले चालूतर्फ १४ करोड ७० लाख ६२ हजार रुपैंयामध्ये १३ करोड ७० लाख ४० हजार १०६ रुपैंयामात्रै खर्च गर्न सक्यो । ब्रह्मपुरी गाउँपालिकाको ९९ लाख ७ हजार ९१० रुपैंया फ्रिज भएको छ । ब्रह्मपुरीले चालूतर्फ १३ करोड ८८ लाख ४९ हजार रुपैंयामध्ये १२ करोड ८९ लाख ४१ हजार ९० रुपैंयामात्रै खर्च ग¥यो । त्यसैगरी बसबरिया गाउँपालिकाको ८० लाख ९९ हजार ७३४ रुपैंया ५० पैसा फ्रिज भएको छ । बसबरियाले चालूतर्फ १२ करोड २ लाख ५६ हजार रुपैंयामध्ये ११ करोड २१ लाख ५६ हजार २६५ रुपैंया ५० पैसामात्र खर्च गर्न सक्यो ।

त्यस्तै बरहथवा नगरपालिकाको ७८ लाख ३८ हजार ६७३ रुपैंया ६० पैसा फ्रिज भएको छ । बरहथवाले चालूतर्फ २८ करोड ३४ लाख ३ हजार रुपैंयामध्ये २७ करोड ५५ लाख ६४ हजार ३२६ रुपैंया ४० पैसामात्र खर्च ग¥यो । विष्णु गाउँपालिकाको ५० लाख ६३ हजार ३०८ रुपैंया फ्रिज भएको छ । विष्णुले चालूतर्फ १० करोड ३७ लाख ४८ हजार रुपैंयामध्ये ९ करोड ८६ लाख ८४ हजार ६९२ रुपैंया तथा पूँजीगततर्फ १ करोड ५२ लाख रुपैंयामा सबै बजेट खर्च गर्न सक्यो ।

त्यसैगरी गोडैता नगरपालिकाको ३७ लाख ५७ हजार ४६६ रुपैंया फ्रिज भएको छ । गोडैताले चालूतर्फ पाएको २१ करोड ७१ लाख ८५ हजार रुपैंयामध्ये २१ करोड ३४ लाख २७ हजार ५३४ रुपैंयामात्र खर्च ग¥यो । मलंगवा नगरपालिकाको २४ लाख ३१ हजार ८८५ रुपैंया ८० पैसा फ्रिज भएको छ । मलंगवाले चालूतर्फ आएको १६ करोड ५३ लाख ३१ हजार रुपैंया बजेटमध्ये १६ करोड २८ लाख ९९ हजार ११४ रुपैंया २० पैसामात्र खर्च गर्न सक्यो ।

त्यस्तै धनकौल गाउँपालिकाको २९ लाख ३३ हजार ३३९ रुपैंया फ्रिज भएको छ । धनकौलले चालूतर्फ आएको ९ करोड ५४ लाख १० हजार रुपैंयामध्ये ९ करोड २४ लाख ७६ हजार ६६१ रुपैंयामात्रै गर्च ग¥यो । हरिपुर नगरपालिकाको १९ लाख ९६ हजार ६९१ रुपैंया ५ पैसा फ्रिज भएको छ । हरिपुरले पाएको १४ करोड ८१ लाख १४ हजार ४०० रुपैंया बजेटमध्ये १४ करोड ६१ लाख १७ हजार ७०८ रुपैंया ९५ पैसामात्र खर्च गर्न सक्यो ।

त्यसैगरी रामनगर गाउँपालिकाको १३ लाख ३३ हजार ६५९ रुपैंयामात्र फ्रिज भएको छ । रामनगरले चालूतर्फ पाएको ११ करोड २२ लाख ४२ हजार रुपैंयामध्ये ११ करोड ९ लाख ८ हजा ३४१ रुपैंयामात्रै खर्च ग¥यो । संघीय सरकारबाट प्राप्त बजेटमध्ये सबैभन्दा कम बलरा नगरपालिकाको ४ लाख ६० हजार ३७० रुपैंयामात्र फ्रिज भएको कोलेनिकाको तथ्यांकमा उल्लेख छ । बलराले चालूतर्फ पाएको १७ करोड ४३ लाख ७ हजार ४०० रुपैंयामध्ये १७ करोड ३८ लाख ४७ हजार ३० रुपैंया खर्च गर्न सक्यो ।
पालिकाहरुले संघीय सरकारबाट प्राप्त भएको यो बाहेक प्रदेश सरकार, मालपोत लगायत राजश्व बाँडफाँडबाट प्राप्त हुने सहित अन्य आन्तरिक आम्दानीको समेत खर्च गरेका छन् ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार असार महिनामा भुक्तानी हुनुपर्ने खर्च कम्तीमा ७ दिनअघि नै गर्नुपर्ने व्यवस्था रहेकाले यसवर्ष सरकारी कार्यालयहरूको असार २५ गते राती १२ बजेपछि सबै भुक्तानी रोकिएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक पुष्प प्रसाद गुरागाईंले जानकारी दिए ।

याेपनि पढ्नाेस्

सर्लाहीमा चालू र पूँजीगततर्फ १७ अर्ब ४५ करोड खर्च, १ अर्ब ३६ करोड ‘फ्रिज’