logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

भानु जयन्तीको पूर्वसन्ध्यामा साहित्य समारोह


  • उज्यालो अभियान

लालबन्दी, २८ असार – सर्लाही साहित्य समाजले २१२ औँ भानुभक्त जयन्तीको पूर्वसन्ध्यामा आज बृहत साहित्य समारोह सम्पन्न गरेको छ ।

लालबन्दी नगरपालिका–४, हरिभवनमा रहेको आफ्नै कार्यालयमा भानु जयन्ती मनाइएको सर्लाही साहित्य समाजका अध्यक्ष उत्तम दाहालले जानकारी दिए । अध्यक्ष दाहालकै अध्यक्षता तथा बुढ्यौली साहित्य समाज मधेश प्रदेशका अध्यक्ष लम्वोदर काफ्लेको प्रमुख आतिथ्यतामा बृहत साहित्य समारोह गरिएको हो ।

कार्यक्रममा साहित्यानुरागीहरुले आ–आफ्नो सिर्जना वाचन गरेर सुनाएका छन् । सोही कार्यक्रमकै अवसरमा सर्लाही साहित्य समाजकी पूर्व अध्यक्ष मीनादेवी देवकोटालाई सम्मान समेत गरिएको छ ।