logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

व्यवसायी घिमिरेको निधनको शोकमा हरिवन बजार बन्द


  • उज्यालो अभियान

हरिवन, २० असार – हरिवन बजारस्थित भान्सामा प्रयोग हुने सामग्रीका पूराना व्यवसायी नवराज घिमिरेको ५८ वर्षको उमेरमा निधन भएको छ ।

उधोग वाणिज्य संघ हरिवनका संस्थापक सदस्य एवं हाल सल्लाहकार समिती सदस्य रहेका घिमिरेको भारतको दिल्लीस्थित राजिब गान्धी क्यान्सर अस्पतालमा उपचार गर्दागर्दै गत बुधबार मृत्यु भएको आफन्त दिनेश केसीले जानकारी दिए । केसीका अनुसार स्व. घिमिरेका श्रीमति सहित एक छोरा–बुहारी र १ छोरी रहेका छन् ।

घिमिरेको निधनप्रति शोक व्यक्त गर्दै विहिबार हरिवन बजार बन्द समेत गरिएको थियो । विहिबार काठमाडौं पशुपति आर्यघाटमा स्व. घिमिरेको अन्तिम संस्कारपश्चात हरिवन नगरपालिका-११, बजारस्थित निवासमा परम्पराअनुसार काजकिरियाको काम भईरहेको छ । अत्यन्त मिलनसार घिमिरेको अल्पायुमै भएको निधनले हरिवनको व्यापार व्यवसाय क्षेत्रमा अतुलनीय क्षति पुगेको उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष प्रयागराज पोतेले बताए ।