logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दी बजारमा व्यापारीले किनेनन् तरकारी, राजमार्गमा चक्काजाम


  • उज्यालो अभियान

रितिक यादव/लालबन्दी, १९ असार – पूर्व पश्चिम राजमार्गस्थित लालबन्दी ७ डुमडुमे मन्दिर अगाडि बिहानैदेखि चक्काजाम भइरहेको छ ।

किसानबाट खरिद गरेको तरकारी अन्यत्र लैजानका लागि नगरपालिकालाई कर तिर्नुपर्ने भएपछि व्यापारीले हिजो पत्रकार सम्मेलन गरी कर खारेज नभएसम्म तरकारी नकिन्ने बताएका थिए । आज बिहानै तरकारी लिएर बेच्न आएका किसानको तरकारी व्यापारीले नकिनेपछि त्यसको असर राजमार्गमा देखिएको हो ।

नगरपालिकाविरुद्ध नाराबाजी गर्दै अहिले किसान र व्यापारी राजमार्गमा उत्रिएर डुमडुमेस्थित तरकारी बजार अगाडि चक्काजाम गरिरहेका हुन् ।