logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बागमती र कौडेनामा नीति, कार्यक्रम प्रस्तुत


  • उज्यालो अभियान

बागमती, ०५ असार – सर्लाहीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि धमाधम आ–आफ्नो गाउँ तथा नगरसभामा नीति, कार्यक्रम प्रस्तुत गर्न सुरु गरेका छन् ।

पालिकाहरुले असार १० गतेभित्र गाउँ तथा नगरसभामा नीति, कार्यक्रम र बजेट प्रस्तुत गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम देशभरमै सबैभन्दा बढी २० स्थानीय तह रहेको सर्लाहीमा सबैजसो पालिका बजेटको तयारीमा जुटेका छन् ।

कौडेना गाउँपालिका र बागमती नगरपालिकाले बुधबार गाउँ तथा नगर सभा गरेर नीति, कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।

कौडेना गाउँपालिकामा गाउँसभाको १४ औँ अधिवेशनमा अध्यक्ष रुपेश कुमार (बब्लु) ले ३८ करोड ८१ लाख रुपियाँ बराबरको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका गाउँपालिकाले जनायो ।

बागमती नगरपालिकामा भने नीति, कार्यक्रमको प्राथमिकीकरण मात्रै प्रस्तुत गरिएको छ । बागमतीका कार्यवाहक नगरप्रमुख एवं वडा नं. ४ का वडाध्यक्ष कृष्णकुमार लामाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

कार्यवाहक नगरप्रमुख लामाका अनुसार असार १० गते बजेटसहितको नीति, कार्यक्रम सार्वजनिक गर्ने तयारी छ ।

जिल्लाको अन्य पालिकाका जनप्रतिनिधि र कर्मचारी अहिले नीति, कार्यक्रम र बजेट बनाउने काममै ब्यस्त रहेका छन् । यो समयमा पालिकाहरुलाई चालू आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भएका कार्यक्रम तथा योजनाको भुक्तानी गर्ने चटारो समेत रहेको छ ।