logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दी पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा


  • उज्यालो अभियान

लालबन्दी, ०५ असार – लालबन्दी नगरपालिका पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा भएको छ ।

नगरको १७ वटै वडाभित्र १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाले नेपाल सरकारले प्रदान गर्ने सम्पूर्ण प्रकारको खोप पाएपछि नगरलाई पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा संयोजक मुमताज मिकरानीले जानकारी दिए । उनका अनुसार नगरपालिकाकी कार्यवाहक नगरप्रमुख (उपप्रमुख) कल्पनामाया पाख्रिनको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष कौशलकिशोर सिंहको प्रमुख आतिथ्यतामा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।

लालबन्दी जस्तै जिल्लाको हरिवन नगरपालिकालाई आज पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिँदै छ भने यसअघि जिल्लाको बागमती नगरपालिका पनि पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा भइसकेको छ ।