लालबन्दी, २५ जेठ – सर्लाहीको लालबन्दीमा मधेश प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ ।
लालबन्दी नगरपालिका ६ स्थित राधाकृष्ण खेल मैदानमा गएसाँझ मधेश सरकारका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवालले प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगिता भोलीसम्म संचालन हुने छ ।
जसमा मधेश प्रदेशका आठै जिल्लाबाट सहभागिता रहेको छ ।
आठ जिल्लाबिच विभिन्न विधाका खेलकुदमा प्रतिस्पर्धा गराई बिजयी हुनेलाई राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी गराइने आयोजकलाई उदृत गर्दै आइटिएफ तेक्वान्दोका प्रशिक्षक प्रभुनारायण शिवाकोटी (श्याम) ले जानकारी दिए ।
प्रतियोगितामा विभिन्न बिधाका खेलमा आज बिहानैदेखि प्रतिस्पर्धा जारी रहेको फुटबल प्रशिक्षक अर्जुन चौधरीले बताए ।