हरिवन, २३ जेठ – नेकपा एकीकृत समाजवादी पार्टी सर्लाहीले पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिसोध साँधेको आरोप लगाएको छ ।
पार्टी अध्यक्ष नेपालमाथि पतन्जली योगपीठको जग्गा खरिद प्रकरणमा मुद्दा दायर भएपछि आज बसेको जिल्ला कमिटीको आकस्मिक बैठकले प्रतिसोध साध्ने हिसाबले प्रधानमन्त्री ओली लागेको प्रष्ट भएको नेकपा एस सर्लाहीले आरोप लगाएको हो । जिल्ला कमिटीको आकस्मिक बैठकपछि प्रेस विज्ञप्ती जारी गर्दै जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र लामा र जिल्ला इन्चार्ज लक्ष्मण पौडेलले कुनै पनि मन्त्रीपरिषद्को बैठकले गरेको नीतिगत निर्णयमा आजसम्म कुनै पनि प्रधानमन्त्रीलाई मुद्दा नचलगाइएको उल्लेख गरेका छन् ।
पार्टी केन्द्रीय अध्यक्ष नेपालले यो विषयमा कानूनी प्रतिवाद गर्ने नेकपा एकीकृत समाजवादी सर्लाहीले विश्वास व्यक्त गरेको छ । विज्ञप्तीमा वर्तमान सरकारबाट उठाइएका षडयन्त्रपूर्ण तमाम प्रश्नको पार्टी जिल्ला कमिटीले डटेर सामाना गर्ने उल्लेख गरिएका ेछ ।