logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

क्योकुशिन कराते : सर्लाहीलाई ८ गोल्ड मेडल


  • उज्यालो अभियान

लालबन्दी, १८ जेठ – तेस्रो लालबन्दी क्योकुशिन–कान कराते राष्ट्रिय खुल्ला प्रतियोगितामा सर्लाहीले ८ गोल्ड मेडल प्राप्त गरेको छ ।

लालबन्दी नगरपालिका ७ मा सम्पन्न प्रतियोगितामा ८ गोल्ड मेडल जित्दै सर्लाही पहिलो बन्न सफल भएको हो । प्रतियोगितामा कास्कीले २ तथा नुवाकोटले १ गोल्ड मेडल प्राप्त गरेका छन् ।

प्रतियोगितामा देशभरबाट ४० देखि ६५ केजी समूहका १२० जना खेलाडी सहभागी भएका थिए । विभिन्न तौल समूहको प्रतिस्पर्धामा बिजयी भएका खेलाडीलाई ट्रफी तथा प्रमाण–पत्रसहित पुरस्कृत गरिएको आयोजक नेपाल क्योकुशिन–कान कराते संघ सर्लाहीले जनाएको छ ।

६५ केजी तौल समूहतर्फ प्रथम हुन सफल कास्कीका मोसेस कुमाललाई साइकल समेत प्रदान गरिएको नेपाल क्योकुशिन–कान करातेका प्रशिक्षक शक्ति साहले जानकारी दिए । आयोजक संस्थाका अध्यक्ष गोपाल श्रेष्ठ, लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीलगायत भएर बिजेता खेलाडीलाई पुरस्कार हस्तान्तरण गरेका छन् ।

लालबन्दी नगरपालिका कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न गरिएको आयोजकले जनाएको छ ।