logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

क्रिकेटर पूजा महतो चन्द्रनगरमा सम्मानित


  • उज्यालो अभियान

नाढीमन, १५ जेठ – नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी उपकप्तान पूजा महतोलाई बिहीबार सर्लाहीको चन्द्रनगर गाउँपालिकाले सम्मान गरेको छ ।

छिमेकी जिल्ला महोत्तरीको गौशाला नगरपालिका निवासी महिला राष्ट्रिय क्रिकेट टिमकी अलराण्डर महतोलाई चन्द्रनगर गाउँपालिकाले ५५ हजार नगद र सम्मान–पत्रसहित सम्मान गरेको हो । मधेशको छोरी भएर पूजाले हाँसिल गरेको सफलता र यहाँका अन्य छोरीहरुलाई पनि खेल क्षेत्रमा प्रेरित गर्न सम्मान गरिएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए ।

क्रिकेटर पूजालाई गाउँपालिका अध्यक्ष महतो र जिल्ला समन्वय समिति सर्लाहीका उपसभापति जीतेन्द्र महतो भएर सम्मान गरेका छन् । पूजाले ग्रामीण क्षेत्रमा आफू जस्तै क्रिकेटरको जन्महोस् भन्ने आफ्नो चाहना रहेको बताईन् ।

चन्द्रनगर गाउँपालिकाले सोही कार्यक्रममा गाउँपालिकाभित्रका दुई जना सहीद विद्या सागर महतो र शिवकुमार रामको परिवारलाई जनही २५ हजार र अधिकार प्राप्तीका लागि जेल जीवन निर्वाह गरिरहेका गाउँपालिकावासी नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति सत्यदेव सिंह दनुवारलाई समेत २५ हजार नगदसहित सम्मान–पत्रसहित सम्मान गरेको छ ।