logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दीमा ८४ जनाले गरे रक्तदान


  • उज्यालो अभियान

लालबन्दी, १० जेठ – लालबन्दी जेसीजले आफ्नो स्थापना दिवशको पूर्वसन्ध्यामा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यकारिणी उपाध्यक्ष रामेश्वर महतोको संयोजकत्व र वर्ष–२०२५ की अध्यक्ष सुनिता खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको आज बिहान लालबन्दी नगर प्रमुख वासुदेव अधिकारीले उद्घाटन गरेका हुन् । लालबन्दी जेसीजका पूर्व अध्यक्ष ठाकुर प्रसाद बख्रेल (मनोज ) लाई रक्त झोला हस्तान्तरण गरी सुरु भएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा लालबन्दी जेसीजका पूर्व अध्यक्ष श्यामकुमार खड्का, सन्तोष पौडेल, अध्यक्ष उपेन्द्र महतो, संस्थापक अध्यक्ष किरण घिमिरे, लाइन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष दीपक थापा, रक्त संचार केन्द्र जनकपुरका प्रयोगशाला प्रमुख नारायण न्यौपाने, नेपाल रेडक्रस सोसाइटी लालबन्दी उपशाखाका सभापति ध्रुब घिमिरे ,जनज्योती बहुमुखी क्याम्पसका उपाध्यक्ष कमल प्रसाद पौडेल, लालबन्दी उधोग वाणिज्य संघ लालबन्दीका संस्थापक अध्यक्ष देविबन्धु थापा, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरिक्षक बिरेन्द्र सिंह जोहारीलगायतको उपस्थिति रहेको थियो ।

बिहानदेखि आज साँझसम्म चलेको रक्तदान कार्यक्रममा ८४ जना रक्तदाताले रक्तदान गरेको लालबन्दी जेसीजका महासचिव कोमल प्रसाद गौतमले जानकारी दिए ।