बलरा, ०४ जेठ – सर्लाहीको बलरामा नेकपा एमालेको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा रामचरित्र सहनी सर्वसम्मत चयन भएका छन् ।
हिजो बलरा नगरपालिका २ हथियौलमा सम्पन्न अधिवेशनले सहनी अध्यक्ष रहने गरी २१ सदस्यीय नगर कमिटी निर्विरोध गठन गरेको हो । कमिटीको उपाध्यक्षमा सत्यप्रकाश सिंह, सचिवमा सन्जय कुमार सहनी, उपसचिवमा रन्जु कापड र रामनाथ पण्डितसहित अन्य सदस्य रहेका छन् ।
पार्टीका जिल्ला इन्चार्ज हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजित एमाले बलराको दोस्रो नगर अधिवेशनमा क्षेत्र नं. ४ को इन्चार्ज कमलादेवी महतो, जिल्ला अध्यक्ष राजनारायण साह, उपाध्यक्ष विदुरकुमार प्याकुरेल, उपसचिव बलराम एस्माली, नगर इन्चार्ज रामविश्वास रायलगायतले मन्तव्य व्यक्त गरेका छन् ।