logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

३७ जनाको मोती बिन्दुको निःशुल्क अप्रेसन


  • उज्यालो अभियान

लालबन्दी, ०४ जेठ – सर्लाहीको लालबन्दीमा ३७ जनाको आँखामा देखिएको मोती बिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।

जानकी आँखा अस्पताल जनकपुरको प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी लालबन्दीद्वारा सञ्चालित सामुदायिक परोपकार आँखा उपचार केन्द्रले मोती बिन्दुको निःशुल्क शल्यक्रिया गराएको हो । जेठ २ गते हरिपुर नगरपालिका ७ चिताइनमा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा फेला परेका २० जनासहित विभिन्न समयमा आँखा परीक्षण गर्दा मोती बिन्दुको समस्या देखिएका समेतलाई गरी ३७ जनाको बिना शुल्क अप्रेसन गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीका सचिव भरतप्रसाद गौतमले जानकारी दिए ।

गौतमका अनुसार जानकी आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ सर्जन डा. अमितकुमार यादव नेतृत्वको टोलीले मोती बिन्दुको निशुल्क अप्रेसन क्याम्प सम्पन्न गरेको हो । शिविरमा लालबन्दी र आसपासबाट आएका मोती बिन्दुका बिरामी लाभान्वित भएका छन् ।

मोती बिन्दुको अप्रेसन गर्न आएका बिरामीका लागि लालबन्दी ९ निवासी समाजसेवी लोकबहादुर कार्कीले निःशुल्क भोजनको प्रवन्ध मिलाएका आयोजकले जनाएको छ ।