logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवनमा निःशुल्क स्यानेटरी प्याड


  • उज्यालो अभियान

हरिवन, १८ बैशाख – सर्लाहीको हरिवन नगरपालिकाले नगरभित्र निःशुल्क स्यानेटरी प्याड वितरण गर्न सुरु गरेको छ ।

नगरपालिकाले महिनावारी भएका महिलालाई नगरका ११ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट निःशुल्क स्यानेटरी प्याड वितरण कार्यको सुरुवात गरेको हो । यसअघि शिक्षा शाखामार्फत विद्यालयमा अध्ययनरत् छात्रालाई निःशुल्क प्याड उपलब्ध गराउँदै आएकोमा अब समुदायस्तरका महिलालाई समेत स्वास्थ्य शाखामार्फत निःशुल्क वितरण गर्न सुरु गरिएको नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले जानकारी दिए ।

नगरप्रमुख बुढाथोकीले निःशुल्क स्यानेटरी प्याड वितरण कार्यक्रमको औपचारिक उद्घाटन गरेका छन् । स्वास्थ्य शाखाको सर्भे अनुसार नगरभित्रका १४ वर्षदेखि ४९ वर्ष उमेर समूह अर्थात् रजस्वला हुन सक्ने ११ हजार महिलालाई निःशुल्क स्यानेटरी प्याड उपलब्ध गराउने लक्ष्य रहेको छ ।

एक जनालाई एक पटकमा एक पोका स्यानेटरी प्याड उपलब्ध गराउने र त्यसको रेकर्ड सम्वन्धित स्वास्थ्य संस्थाले राख्ने व्यवस्था मिलाइएको नगपालिकाका स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीले बताए । उनका अनुसार अहिले २३ हजार २०० पोका प्याड खरिद गरेर नगरपालिका मातहतका स्वास्थ्य संस्था र चतुुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीलाई प्रदान गरिसकिएको छ ।