logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

पत्रकार बन्दना झा प्रेस मन्च छाडेर प्रेस चौतारीमा प्रवेश


  • उज्यालो अभियान

मलंगवा, १० बैशाख – जसपा नेपाल निकट प्रेस मन्च मधेश प्रदेशकी महासचिव बन्दना झा नेकपा एमाले निकट प्रेस चौतारी नेपालमा प्रवेश गरेकी छन् ।

हिजो बागमतीस्थित सीता प्यालेस होटलमा सम्पन्न एमाले बागमती नगर कमिटीको दोस्रो नगर अधिवेशनमा झा प्रेस चौतारी नेपालमा प्रवेश गरेका हुन् । उनी नेपाल पत्रकार महासंघ सर्लाही शाखाको उपाध्यक्ष समेत हुन् ।

मलंगवा निवासी झालाई एमाले जिल्ला इन्चार्ज हरिप्रसाद उप्रेती, नेता रेवती पन्त, जिल्ला अध्यक्ष राजनारायण साह, नेतृ सरस्वती सुुब्बालगायत भएर एमालेमा प्रवेश गराएका छन् ।

झाले आज बिहान उज्यालो अभियानसँग कुराकानी गर्दै आफू प्रेस चौतारी नेपालमा प्रवेश गरेको पुष्टी गरेकी छन् ।