logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

लालबन्दी ९ मा एमालेको वडा कमिटी गठन


  • उज्यालो अभियान

लालबन्दी, ०८ बैशाख – सर्लाहीको लालबन्दी नगरपालिका ९ मा आज नेकपा एमालेको वडा कमिटी गठन गरिएको छ ।

गोल्डेन फ्यूचर एकेडेमीमा सम्पन्न दोस्रो वडा अधिवेशनबाट नरहरि गौतम अध्यक्ष रहने गरी सर्वसम्मत रुपमा ११ सदस्यीय वडा कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा कमला पौडेल (कजन देवी), सचिवमा झमक कार्की (श्याम), उपसचिवमा रन्जिता आचार्य पोखरेल, सदस्यहरुमा इन्दिरा खड्का, भीमबहादुर खड्का, विकास महत, आइते गोले, डिकबहादुर सुस्लिङ, इन्द्रमणि लामिछाने र तारा पाख्रिन रहेका छन् ।

निवर्तमान वडा कमिटी अध्यक्ष शुुभद्रा चौलागाईको अध्यक्षता तथा एमाले जिल्ला कमिटीका सचिव डिल्लीप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा एमाले लालबन्दी ९ को वडा अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा पार्टीका पुराना नेता लोकबहादुर कार्की, जिल्ला कमिटी सदस्य गोविन्द महत, बिक्रम भण्डारी, पवित्रा घिमिरे, हरिहर भट्टराई, दिलिप साह, इन्द्र न्यौपाने, नगर कमिटी अध्यक्ष उज्वलकुमार कार्की, पूर्व मधेश प्रदेश कमिटी सदस्य रामबहादुर खड्का, रिटर्नी फेडेरेसन मधेश प्रदेशका उपाध्यक्ष दर्शन प्याकुरेल, पूर्व नगर कमिटी अध्यक्ष सरोजबाबुु न्यौपाने, अनेरास्ववियुका नेता आशिषबाबु दाहाल, वसन्त मैनालीलगायतको आथ्यिता रहेको थियो ।