आफूले निरीक्षण गरिरहँदा सर्लाही गोल्डेन अस्पताल बाहिर जम्मा भएर होहल्ला गरिरहेका स्थानीयलाई सम्झाउँदै मुख्यमन्त्री सिंह ।
बरहथवा, ०३ बैशाख – हिजो बेलुका एकैछिनमा धेरै बिल उठाएको भन्दै विवाद भएको सर्लाही गोल्डेन अस्पतालको अनुगमनका लागि मुख्यमन्त्री सतीशकुमार सिंह बरहथवा पुगेका छन् ।
उनले अहिले अस्पतालको निरीक्षण गरिरहेका स्थानीय पत्रकार लक्ष्मण यादवले जानकारी दिए । मुख्यमन्त्रीले अस्पताल अनुगमन गरिरहँदा बाहिर ठूलो संख्यामा स्थानीय तथा हिजो कुटपीट भएको भनिएका व्यक्तिका आफन्त पनि जम्मा भएका छन् ।
मुख्यमन्त्री सिंह चन्द्रनगरमा पार्टीको कार्यक्रम सकेर त्यहाँ पुगेका हुन् । उनले बरहथवाका अन्य अस्पतालको पनि निरीक्षण गर्दै छन् ।