बिहीबारको वर्षाले सर्लाहीको कौडेना गाउँपालिका ३ स्थित इँटा भट्टामा गलेर नष्ट भएको काँचो इँटा । तस्बिर : निरजकुमार यादव/उज्यालो अभियान
कौडेना, २९ चैत – सर्लाहीमा हिजो बिहान ५ घण्टा परेको वर्षाले काँचो इँटामा व्यापक क्षति गरेको छ ।
इँटा व्यवसायी संघ सर्लाहीका भगवान मैनालीले क्षतिको विवरण सबैतिरबाट आउन बाँकी रहेको उज्यालो अभियानसँग बताएका छन् ।