logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जंगली हात्तीले आतंक मच्चायो, बालीनालीमा व्यापक क्षति


  • उज्यालो अभियान

जानकीनगर, २९ चैत – सर्लाहीको हरिपुर नगरपालिका २ सखुवा मौजा क्षेत्रमा जंगली हात्ती देखा परेर किसानको बालीनालीमा क्षति गरेको छ ।

दुुईवटा माउ र एउटा बच्चा हात्तीले स्थानीय टलकबहादुर खड्का, सन्तोष उपे्रती, श्याम उपेती, उमेश बुुढाथोकी, रमेश शिवाकोटीलगायतको मकै बाली, खेतमा राखेको बिजुलीको मिटर र नजिकैको मुसहर बस्तीमा क्षति गरेको स्थानीय ध्रुवप्रसाद प्रसाईले जानकारी दिए ।

हाती आएपछि स्थानीय आतंकित बनेका छन् । हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाले हात्तीले पुुर्याएको क्षतिको विवरण संकलन गर्न आफू प्रहरीसहित सखुवा मौजामा पुुगेको र ३ बिघाजति मकैमा क्षति गरेको पाएको बताए ।