लालबन्दी, २४ चैत – नेकपा एमाले लालबन्दीको दोस्रो नगर अधिवेशन अन्तर्गत मतदान सुरु हुन ढिलाई भएको छ ।
मध्यान्ह १२ बजेदेखि सुरु हुने भनिएको मतदान अहिले साँढे १ बजेसम्म सुरु हुन सकेको छैन् ।
निर्वाचन अधिकृत कमलप्रसाद पौडेलले मतपत्र भर्खरै छापिएर आएकाले अबको १०/१५ मिनेटभित्र मतदान सुरु गर्ने तयारी गरिएको जानकारी दिए ।