logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अब हाम्रो भविष्य के हो ? राजा कि व्यवस्था सुधार


  • उज्यालो अभियान

लेखक प्रकाश थापा ।

सडकका कुनाकाप्चा देखि राजधानी केन्द्रित “राजा आऊ, देश बचाऊ” भन्ने नारा गुञ्जिन थालेको धेरै भएको छैन । युवाहरूको हातमा राष्ट्रिय झण्डा, र केहीले त मुकुट लगाएरै राजा फर्कनुपर्ने आवाज उठाइरहेका छन्। यी दृश्यहरूले धेरैलाई अचम्ममा पारेको छ । २१औं शताब्दीको युवा पुस्ता किन वंशमा आधारित राजतन्त्रको पक्षमा बोल्न थाले ? प्रश्न गम्भीर छ ।

तर यो प्रश्न त्यति सरल छैन। यसको उत्तर भावनामा छ, इतिहासमा छ, र सम्भावनाको भ्रममा पनि।

हिजोका ती राजा

हामी र हाम्रो पुस्ताले राजा वीरेन्द्रलाई सम्झिन्छौं—उनी शान्त,सरल र मर्यादित, राष्ट्रवादी राजा थिए। बुबा महेन्द्रले भन्दा बढी काम गर्न चाहने सोच भएका युवा राजा थिए । उनका सम्झनामा राजा भ्रष्ट हुनुहुँदैन भन्ने गतिलो तर्क थियो । विदेशीहरुका इशारामा नचल्ने र देशप्रति समर्पित थिए।
यही सम्झना हो, जसले हिजोका दिनहरू सुन्दर देखिएका हुन ।

सम्झनामा मात्रै त राजा फर्किएका छैनन्—फर्केको त विगत प्रतिको एउटा गहिरो मोह।

अनि के भावनाले शासन दिन्छ त ?

आजको यो डिजिटल युगमा एउटा शासकको सन्तान भएकै कारंण शासन गर्न पाउनुपर्छ, यो वाक्य सुन्दा कति न्यायोचित लाग्छ ? आम नागरिकलाई हेर्ने दृष्टि वंशले निर्धारण गर्छ भने त्यो शासन होइन, भाग्यको खेल हुन्छ। लोकतन्त्र भनेको भाग्य होइन, अधिकार हो। त्यो किनमेल होइन, जिम्मेवारी हो। युवा पुस्ताले बुझ्न जरुरी छ ।

राजा फर्के भने सबै समस्या समाधान हुन्छ भन्ने सोच त्यही हो । जसरी बिरामी हुँदा पुरानो जडीबुटी सम्झिन्छौं, तर उपचारत बैज्ञानिक प्रबिधिबाट गराउंछौं नी त ।

आजको पीडा, हिजोको मोह

हो, सत्यकुरा लुकाउनुहुन्न हामीले नभने कस्ले भन्छ ? आजको अवस्था निराशाजनक छ। किन र कस्को कारंणले हो ? जनताले खोजेको बिषय यहि नै हो ।

नेताहरूको भ्रष्टाचार, अवसरवाद, सत्ता खेल—सत्ताको चरम दुरुपयोग ,यी सबैले जनता प्रति वितृष्णा जन्माएको छ। यो परिस्थितिमा कतिपयलाई लाग्छ—राजा हुँदा देसको अबस्था यति गम्भीर थिएन, देश बिग्रिएको थिएन । तर फेरि यस्तो तर्क उचित होइन है ।

अनि के राजा महेन्द्र , बिरेन्द्रले राज्यसत्ता को बागडोर हातमा लिँदा त्यति बेला चैं भ्रष्टाचार थिएन ? के जनताको आवाजको सुनुवाइ हुन्थ्यो ? के मधेसी, जनजाति, महिला, दलित, श्रमिकले पनि यस्तै अधिकार पाएका थिए ? राजतन्त्रले सुशासन दिन सकेको भए २०६२÷०६३ को जनसागर सडकमाआउँदै आऊँदैनथ्योनि

अब हाम्रो भविष्य के हो ? राजा कि व्यवस्था सुधार 

यो समय भावनामा बहकिने होइन, विचारमा बस्ने हो। यदि देशले स्थायित्व खोजेको हो भने समाधान व्यवस्थाको मूल चरित्रमा सुधार ल्याउनु पर्छ है । राजा फर्काएर होइन। यदि जनता शासनसत्ताको उत्तरदायित्व खोजिरहेका छन् भने त्यो उत्तर केवल गणतन्त्रभित्रको सशक्त संस्थामार्फत ल्याउन सक्नु पर्छ । अनिवार्य संविधान संशोधन हुनुपर्छ ।

किनकि राजा फर्किए भने पनि त्यो राजा लोकतान्त्रिक हुनेछ कि पुनः निरंकुश—यसको ग्यारेन्टी दिने चै को नि ?

राजा वीरेन्द्र हाम्रो इतिहासका एक सम्मानित पात्र हुन्। तर इतिहासको सम्मान गरेर इतिहास दोहोर्याउनु विवेक होइन। हामीले चाहेको हो—इमान्दार नेतृत्व, जवाफदेही सरकार र जनता केन्द्रित शासनब्यबस्था । यदि यो सम्भव छ भने —गणतन्त्रमै छ ।

हिजो राजा थिए, आज जनताको राजा लोकतन्त्र हो। अब यो लोकतान्त्रीक गंणतन्त्रात्मक ब्यबस्थाचै , त्यो बेलायको जस्तो राजा—लायक होस्, जनमुखी होस्, र कहिल्यै उत्तर दिई रहनु नपर्ने चिनियाँ सरकार जस्तो शासक होस् । आम नेपाली जनताको शुद्ध भावना यहि हो । नेपाली राजनीतिक दलहरु र शासक हरुको बुद्धि बेलैमा फर्कियोस । चेतना भया ।

    थापा नेकपा एमालेका नेता हुन् ।