बसबरिया, २३ चैत – सर्लाहीको बसबरिया गाउँपालिका–१, मानपुरमा बर्थिङ सेन्टरको उद्घाटन गरिएको छ ।
मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ लाख रुपियाँ खर्चिएर स्वास्थ्य चौकीको परिसरमा बर्थिङ सेन्टरका लागि बेग्लै भवन निर्माण गरिदिएको हो । नवनिर्मित बर्थिङ सेन्टर भवनको आज प्रदेश सरकारका निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री एवं मधेश प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले उद्घाटन गरेका हुन् ।
बर्थिङ सेन्टर उद्घाटनकै अवसरमा बसबरिया गाउँपालिका निवासी नेपाली कांग्रेसका नेता गजेन्द्र साहले मानपुरकै श्यामबाबु रायकी पत्नी क्यान्सर पीडित धुपिया देवीलाई व्यक्तिगत तर्फबाट ५ हजार १०० रुपियाँ सहयोग प्रदान गरेका छन् ।
