logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

वार्षिक परीक्षामा प्रथम विद्यार्थीलाई साइकल दिएर सम्मान


  • उज्यालो अभियान

हरिवन, २२ चैत – सर्लाहीको हरिवन नगरपालिका–८, चापिनीमा रहेको चुरे जनता आधारभूत विद्यालयमा वार्षिक परीक्षामा प्रथम भएका प्रत्येक कक्षाका विद्यार्थीलाई साइकल दिएर सम्मान गरिएको छ ।

विद्यालयले आज वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित गर्दै कक्षा १ देखि ६ सम्म पहिलो हुने ६ जना विद्यार्थीलाई जनही एक थान साइकल प्रदान गरेको हो । आज ५ जना कक्षा प्रथम विद्यार्थीले साइकल लगेका र अनुपस्थित एक जना विद्यार्थीलाई उनी विद्यालयमा आएपछि साइकल उपलब्ध गराइने विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक उप्रेतीको अध्यक्षता तथा हरिवन ८ का वडाध्यक्ष प्रज्वल ढुंगानाको प्रमुख आतिथ्यतामा कक्षामा पहिलो भएका विद्यार्थीलाई प्रोत्साहनस्वरुप साइकल उपलब्ध गराइएको हो ।

केही वर्षअघिसम्म विद्यार्थी अभावमा दयनीय हिसाबले चलेको यो विद्यालयमा अहिले भने विद्यार्थी बढ्दै गइरहेका छन् । वडा कार्यालयले विद्यालयलाई उकास्न शिक्षक नियुक्तिदेखि अन्य सुधारको काम निरन्तर गर्दै आइरहेको छ ।