हरिपुर, १९ चैत – सर्लाहीको हरिपुर नगरपालिका २ हात्तीसारमा रहेको हरिपुर खानेपानी तथा सरसफाई आयोजनामा वर्षौको प्रतिक्षापछि वाटर ट्रिटमेन्ट प्लानको काम अघि बढाइएको छ ।
पानी शुुद्धीकरणको लागि प्लान्ट निर्माण गर्ने काम अघि बढाइएको हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले उपलब्ध गराएको ५० लाखबाट प्लान्ट निर्माणको काम अघि बढाइएको हो ।
वाटर ट्रिटमेन्ट प्लान जडान भएसँगै स्थानीयले शुद्धिकरण गरेको शुद्ध पानी पिउन पाउने छन् ।