बरहथवा, १७ चैत – सर्लाहीको बरहथवा नगरपालिका–१६, गङ्गापुर सखुवाटी टोलमा आयुर्वेद योग पञ्चकर्म चिकित्सालय तथा अनुसन्धान केन्द्रको शिलान्यास गरिएको छ ।
प्रादेशिक चिकित्सालयको आज मधेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंह, प्रदेशसभा सदस्य सन्जयकुमार यादव, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवाल र उपप्रमुख रामबाबुप्रसाद साहले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।
आयुर्वेद योग पञ्चकर्म चिकित्सालय तथा अनुसन्धान केन्द्रको भवन निर्माणका लागि प्रदेश सरकारले २० करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।