नवलपुर, १५ चैत – नेपाली सेनाको भैरवीदल गण पाँचकुमारी ब्यारेकले गणमा कार्यरत १५० जनालाई आज लागुऔषध दुव्र्यसनीसम्वन्धी तालिम प्रदान गरेको छ ।
लालबन्दी नगरपालिका २ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र पुनर्वाससँग समन्वय गरी गणले आफ्ना सकलदर्जा १५० जनालाई तालिम प्रदान गरेको हो । सकलदर्जालाई अहिले बढ्दै गएको लागुऔषध दुव्र्यसनीसँगै तनाव व्यवस्थापन र एचआईभी एड्स सम्वन्धी तालिम प्रदान गरिएको भैरवीदल गणका गणपति एवं प्रमुख सेनानी सूर्यबहादुर कार्कीले जानकारी दिए ।
मनोपरामर्शदाता बिक्रम थापा र आधारभूत स्वास्थ्य सेवा केन्द्र पुनर्वासका इन्चार्ज सन्तोष साहले सचेतनामूलक कक्षा प्रदान गरेका हुन् ।