बागमती, ०८ चैत – सर्लाहीको बागमती नगरपालिका–१२, बथनियामा रहेको जनजागृति आधारभूत विद्यालयले आफ्ना सहयोगी दातालाई आज सम्मान गरेको छ ।
विद्यालयको भौतिक तथा शैक्षिक सुधारमा आर्थिक तथा भौतिकलगायत सेवामूलक सहयोग गर्ने सहयोगी दातालाई सम्मान गरिएको हो । बागमती नगरपालिका १२ का वडाध्यक्ष ओमबहादुर श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पवित्रा माझीलगायत भएर विद्यालयका सहयोगी दातालाई सम्मान–पत्रसहित खादा लगाएर सम्मान गरेका छन् ।
बथनियास्थित सुकुम्वासी बस्ती छेउको यस विद्यालयमा पछिल्लो समय सुधारका अनेक प्रयासपछि विद्यार्थीको चाप बढ्दै गएको छ ।
विद्यालयलाई अझ व्यवस्थित तथा सुधारका लागि आगामी नयाँ शैक्षिक सत्र २०८२ देखि आर्थिक सहयोग संकलनको अभियान चलाउने तयारी रहेको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष माझीले बताएकी छन् ।