नगर अस्पताल लालबन्दी । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी, ०३ चैत – सर्लाहीको लालबन्दीस्थित नगर अस्पताललाई एक थान इसिजी मेसिन प्राप्त भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई इसिजी मेसिन उपलब्ध गराएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीले जानकारी दिए । अस्पतालमा यसअघि एक थान मात्रै इसिजी मेसिन रहेको थियो ।
एउटै इसिजी मेसिनलाई ओपिडी र इमरन्जेसीमा पालैपालो प्रयोग गर्ने गरिएको थियो । अब भने एउटा इसिजी मेसिन ओपिडी र अर्को इमरन्जेसीमा प्रयोग गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चौधरीले बताएका छन् ।
पूर्व पश्चिम राजमार्गस्थित नगर अस्पताल लालबन्दीमा पछिल्लो समय बिरामीको चाप अत्यधिक बढिरहेको छ । विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृत बसेर सेवा दिन थालेसँगै अस्पतालप्रति स्थानीयको विश्वास बढ्दै गएको हो ।
अस्पतालमा रहेको प्रयोगशाला (ल्याब) समेत मेधश प्रदेशमै उत्कृष्ट भएको छ । अस्पतालको ओपिडीसँगै प्रयोगशालामा समेत सेवाग्राहीको उत्तिकै भीड लाग्ने गरेको छ ।