लालबन्दी, २८ फागुन – दोस्रो लालबन्दी महोत्सवमा आज गायिका प्रिती आले लगायतले प्रस्तुति दिने भएका छन् ।
आयोजक उद्योग वाणिज्य संघ लालबन्दीका अनुसार आज साँझ गायिका आलेसहित गायक उर्गेन दोङ, लोकदोहोरी गायिका मन्जु पौडेललगायतको प्रस्तुति रहने छ ।
लालबन्दी नगरपालिका ९ स्थित भूदेव खाद्य उद्योग (गोल्छा) परिसरमा आयोजित दोस्रो लालबन्दी महोत्सव चैत ४ गतेसम्म संचालन हुने छ ।