हरिवन, २५ फागुन – सर्लाहीको हरिवन नगरपालिका ८ स्थित हरिवन स्वास्थ्य चौकीमा दुुई दिनसम्म चलेको निःशुल्क स्वास्थ्य शिविरबाट ३३८ जना लाभान्वित भएका छन् ।
शुक्रबार र शनिबार दुुई दिन विशेषज्ञ चिकित्सकसहित आयोजित स्वास्थ्य शिविरबाट २३६ जना महिला र १०२ जना पुरुषले सेवा लिएका हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी दिए ।
नगरपालिकाले दुुई दिन स्त्री, नाक, कान, घाँटी, जेनरल फिजिसियनलगायत अन्य विशेषज्ञ चिकित्सक बोलाएर निःशुल्क स्वास्थ्य शिविर राखेको हो ।