logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

नगरस्तरीय हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न


  • उज्यालो अभियान

हरिवन, २२ फागुन – प्रथम महादेव जनता माध्यमिक विद्यालय हस्तलेखन तथा चित्रकला प्रतियोगिता २०८१ बुधबार सम्पन्न भएको छ ।

विद्यालय ब्यबस्थापन समितिका सदस्य सरस्वती पोखरेलको अध्यक्षता र हरिवनका नगरप्रमुख प्रमुख रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा चित्रकलातर्फ महादेव जनता माध्यमिक विद्यालयका अरुण रमौली पहिलो, सनराइज इङलिस स्कुलका रीतु आले दोस्रो र तेस्रो सर्लाही एम्बिसन स्कूलका लेसि वाइबा तेस्रो भएका छन् । त्यस्तै चौथो, पाचौं र छैटौं क्रमशः चुरे जनताका प्रियासा थिङ, चतुर्भुजेश्वर जनता माविका विषा मोक्तान र डनिङ फ्युचरका कृष्टिना खड्का भएका छन् ।

त्यस्तै नेपाली हस्तलेखन प्रतियोगितातर्फ जनजागृती मावी बेतालीका सबिन राई हायु पहिलो, अर्किड इङलिस स्कुलका शुवेशा ढकाल दोस्रो र अर्किडकै कृतिका मैनाली तेस्रो भएका छन् । चौथो, पाचौं र छैटौं भने क्रमश : एलिट स्कुलका एसान रेजा, महादेव जनता माविका अनु दास र राम अवतार जनता माविका अनुसा लामा भएका भएका छन् ।

अंग्रेजी हस्तलेखन प्रतियोगिता अन्तर्गत राम अवतार मावी अत्रौलीका युनिशा आले मगर पहिलो, डनिङ फ्युचर माविका स्मृति स्याङ्तान दोश्रो र सनराइज इङलिस बोर्डिङ स्कुलका युना लामा तेस्रो भएका छन् । त्यस्तै चौथो पाँचौ र छैटौं भने क्रमश : एलिट स्कुलका राज कुमार साह, ज्ञानज्योति आवासीय विद्यालयका चित्र र महत र दिपाली दाहाल भएको विद्यालयले जनाएको छ ।

हरिवन नगर भित्रका १६ वटा विद्यालयका ९३ जना विद्यार्थीहरु प्रतियोगितामा सहभागिता जनाएका हरिवन नगरपालिकाका शिक्षा अधिकृत रूस स्टालिन चौलागाईंले बताए । विजेता विद्यालयका विद्यार्थीहरुलाई नगर प्रमुख बुढाथोकी, उपप्रमुख हरिमाया घलान, शिक्षा अधिकृत चौलागाईलगायतले ट्रफी, मेडल, प्रमाण–पत्र र नगद पुरस्कारले सम्मान गरेका छन् ।

नगरप्रमुख बुढाथोकीले सहभागी हुने बालबालिकालाई बधाई तथा शुभकामना दिँदै नगरपालिकाले बालबालिकामा रहेको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्न सहयोग पुुर्याएको बताए । हरिवन वडा नम्बर ८ का वडाध्यक्ष प्रज्वल ढुंगानाले बालबालिका भविष्यको कर्णधार भएकोले प्रतियोगिताले बालबालिकालाई सहि मार्गमा लैजान सहयोग पुुर्याउने बताएका छन् ।

उक्त अवसरमा पूर्व विद्यार्थी समाजका उप–संयोजक बिप्लब कार्कीले अतिरिक्त क्रियाकलापले विद्यार्थीको अन्तर्निहित क्षमताको विकास हुने र सकारात्मक जीवन जिउन सहज हुने बताए ।

शिक्षक डिशन कार्की, टीका भन्डारी र तिर्थराज पौडेलले सञ्चालन गरेको कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, शिक्षा अधिकृत, वडाध्यक्ष, विद्यालय कर्मचारी परिषदका सर्लाही अध्यक्ष नारायण यादव, पूूर्व प्रधानाध्यापक जयशंकर सिंह, विद्यालय ब्यबस्थापनका प्रतिनिधिहरु, हरिवन नगरपालिका वडा नम्बर ८ का जन प्रतिनिधिहरु र विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुको उपस्थिति रहेको थियो ।