logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मदनपुर आएर फर्किए चीनका राजदुत


  • उज्यालो अभियान

कविलासी, २२ फागुन – मित्र राष्ट्र चीनका राजदुत चेन सङ हिजो सर्लाहीको कविलासी नगरपालिका ६ मदनपुर आएर फर्किएका छन् ।

उनी विरनगरा माध्यमिक विद्यालय मदनपुरमा यूएनडिपीले संचालन गरेको परियोजनाको निरीक्षण गरेर फर्किएका हुन् ।

उनीसँगै यूएनडिपीका आवासिय प्रतिनिधि क्योको योकोसुका, नगर प्रमुख ब्रम्हदेव राय यादव, उपप्रमुख पुनम कर्ण, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलगायतले पनि युएनडिपी तथा चाइना फाउण्डेसनको सहयोगमा संचालित कार्यक्रम तथा परियोजनाको निरीक्षण गरेका छन् ।