हरिपुर, १४ फागुन – महाशिवरात्रिको अवसरमा सर्लाहीको ऐतिहासिक एवं धार्मिक स्थल लक्ष्मीनाथ महादेव मन्दिर चिताइन परिसरमा आज बिहान ३ बजेदेखि नै दर्शनार्थीको भीड छ ।

यहाँ चर्मरोग निको हुने र मनोकामना पूरा हुने जनविश्साससहित भान्टाको भार र धानको मटका चढाउनेको पनि अत्यधिक भीड लाग्छ ।

टाढा टाढाका मानिसहरु समेत अहिले दिउँसोसम्म पनि मन्दिर दर्शन तथा पूजाआजाका लागि पुगिरहेका छन् ।

मन्दिर परिसरमा आजैदेखि आगामी २० गतेसम्मका लागि चिताइन मेला सुरु भएको छ ।

जिल्लाका अन्य शिवालयहरुमा पनि दर्शनार्थीको भीडभाड नै देखिन्छ ।
