logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हाजिरी जवाफ र चित्रकला प्रतियोगिता सम्पन्न


  • उज्यालो अभियान

लालबन्दी, ०८ फागुन – लालबन्दी ९ स्थित आइडिएल को–एड एकेडेमीमा हिजो प्याब्सन एरिया सी को आयोजनामा १३ औँ आधारभूत तह स्तरीय हाजिरीजवाफ र प्राथमिक तहको चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

प्याब्सनका जिल्ला अध्यक्ष सागर गिरीको अध्यक्षता तथा प्याब्सनकै केन्द्रीय उपाध्यक्ष गोपाल कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय सदस्य तथा हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियार, प्याब्सन प्रदेश कोषाध्यक्ष उज्वल खरेललगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम अन्तर्गत हाजिरीजवाफ प्रतियोगितामा निश्चल एकेडेमी परवानिपुर पहिलो, अक्सफोर्ड एकेडेमी लालबन्दी दोस्रो, आइडिएल एकेडेमी तेस्रो र पिसजोन इङलिस स्कुुल चौंथो भएका छन् । त्यस्तै चित्रकलातर्फ कक्षा ४ र ५ तर्फ आइडिएल पहिलो, ज्ञानोदय आवासिय विद्यालय बयलवास दोस्रो, एभरेष्ट एकेडेमी लालबन्दी तेस्रो र कसमस एकेडेमी हरिपुर चौंथो भएका छन् ।

यस्तै चित्रकलामै २ र ३ कक्षामा लालिगुुराँस एकेडेमी बयलवास पहिलो, आइडिएल लालबन्दी दोस्रो, एभरेष्ट लालबन्दी तेस्रो र रकभेल एकेडेमी लालबन्दी चौंथो भएका छन् । कक्षा १ को चित्रकलामा सापियन्स एकेडेमी लालबन्दी पहिलो, जेनिथ एकेडेमी ईश्वरपुर दोस्रो, ज्ञानोदय एकेडेमी बयलवास तेस्रो र न्यू एभरेष्ट एकेडेमी हरिपुर चौंथो भएका छन् ।

चित्रकलामै आधारभूत तहतर्फ ज्ञानोदय एकेडेमी पहिलो, जेनिथ एकेडेमी ईश्वरपुर दोस्रो, आइडिएल एकेडेमी लालबन्दी तेस्रो र सापियन्स एकेडेमी लालबन्दी चौंथो भएका छन् ।

बिजेता विद्यालयलाई मेडल, कप तथा प्रमाणपत्र प्रदान गरिएको प्याब्सन एरिया सी का सचिव भरत देवकोटाले जानकारी दिए ।