logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिपूर्वामा खुल्यो एशियन लाइफ इन्स्योरेन्सको शाखा


  • उज्यालो अभियान

हरिपूर्वा, ०५ फागुन – सर्लाहीको दक्षिण–पूर्वी ग्रामीण भेगमा पर्ने हरिपूर्वा नगरपालिकामा एशियन लाइफ इन्स्योरेन्सको शाखा स्थापना भएको छ ।

हरिपूर्वामा बैंक तथा वित्तीय संस्था रहेपनि बीमा कम्पनिको पहिलो शाखाका रुपमा एशियन लाइफ इन्स्योरेन्सको १२५ औँ शाखा स्थापना भएको हो । उक्त शाखाको आज एशियन लाइफ इन्स्योरेन्स मधेश प्रदेशका प्रमुख रामरुप सहनी र हरिपूर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साह तेलीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

हरिपूर्वा शाखामा अहिलेसम्म १ हजार २०० जनाले बीमा समेत गराइसकेका शाखा प्रमुख मुकेश कुमार यादवले जानकारी दिए ।