logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

ईश्वरपुरमा चौंथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न


  • उज्यालो अभियान

रामपुर, २९ माघ – सर्लाहीको ईश्वरपुरमा नगरस्तरीय चौंथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगता आज सम्पन्न भएको छ ।

नगरपालिकाको आयोजना तथा इश्वरपुर बेला माध्यमिक विद्यालय रामनगरको व्यवस्थापनमा वडा नं. ८ स्थित रामपुर खेल मैदानमा प्रतियोगिता सम्पन्न भएको हो । आइतबारदेखि सुरु भएको प्रतियोगितामा नगरभित्रका विभिन्न ९ सामुदायिक तथा संस्थागत विद्यालयले सहभागिता जनाएका थिए । जसमा विभिन्न खेल विधामा सबैभन्दा बढी जित निकाल्ने नारायण मावि बयलवास पहिलो, इश्वरपुर बेला मावि रामनगर दोस्रो र लालिगुराँस आवासिय विद्यालय बयलवास तेस्रो भएका छन् ।

ति विद्यालयलाई नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको नारायण माध्यमिक विद्यालय बयलवासका शिक्षक नाथुराम चौधरीले जानकारी दिए ।

ईश्वरपुर बेला माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद चौधरीको अध्यक्षता तथा नगरप्रमुख मनोजकुमार आचार्यको प्रमुख आतिथ्यतामा आयोजित प्रतियोगिताको समापन समारोहमा शिक्षा शाखा प्रमुख हरिप्रसाद दाहाल, शिक्षा शाखाकै दिनेश लुुईटेल, निवर्तमान नगर उपप्रमुख एकावती देवी चौधरी, ईश्वरपुर ८ का वडाध्यक्ष श्यामबहादुर थापा, नगर शिक्षा महासंघका नगर अध्यक्ष लक्ष्मी बानियाँ, सुनिता श्रेष्ठ आचार्यलगायतको आतिथ्यता रहेको थियो ।