logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिपुर नगरस्तरीय सातौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु


  • उज्यालो अभियान

हरिपुर, २८ माघ – सर्लाहीको हरिपुरमा आजबाट सातौं नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ ।

नगरपालिकाको आयोजनामा हरिपुर २ हात्तिसारस्थित खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको नगरप्रमुख गोपाल पजियार, संविधान सभा सदस्य द्वय रामचन्द्र चौधरी र रन्जना सरकारले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा नगर उपप्रमुख निलम देवी राय यादव, प्रमुख प्रशासकीय अधिकृत विनय पौडेल, विभिन्न वडाका वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक, कर्मचारी, शिक्षक, विद्यार्थी र स्थानीय वासिन्दाको उपस्थिति रहेको थियो । राष्ट्रपति रनिङशिल्डमा नगरभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीबिच विभिन्न खेल विधामा प्रतिस्पर्धा गराइने छ ।

प्रतियोगिता पर्सीसम्म संचालन हुने हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाले जानकारी दिए । सर्लाहीमा यसअघि लालबन्दी, हरिवन र बागमतीले आ–आफ्नो पालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न गराइसकेका छन् ।