logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

साई क्रिकेट कपमा इश्वरपुरलाई हराउँदै बरहथवाले उपाधी चुम्याे


  • उज्यालो अभियान

हरिवन, २६ माघ – साई युथ क्लबद्वारा हरिवन नगरपालिका-४ पटाैनामा आयाेजित श्री सत्य साई युनिटी क्रकेट प्रतियाेगिता २०८१ काे उपाधी मिथिला युवा क्लब बरहथवाले चुमेकाे छ ।

शनिबार सम्पन्न फाइनल प्रतियाेगितामा मिथिला युवा क्लब बरहथवाले नवयुवा क्लब इश्वरपुरलाई २७ रनले पराजित गर्दै ३० हजार नगद सहित प्रथम उपाधी चुमेकाे हाे । टि-ट्वान्टी अन्तर्गत बरहथवाले बनाएकाे १८७ रन पछ्याउने क्रममा सबै खेलाडी १६० रनमै आउट भएपछि इश्वरपुरले २० हजार नगद सहित दाेस्राे स्थानमा चित्त बुझाउन बाध्य भयाे ।

प्रतियाेगिता अन्तर्गत शनिबारकाे फाइनल खेलमा म्यान अफ दि म्याच बरहथवाका शाहिल चाैधरी भए भने प्रतियाेगिताकै म्यान अफ दि सिरिज पनि बरहथवाका भाेला महताे घाेषित भए । प्रतियाेगितामा इश्वरपुरका आदर्श प्रसाईलाई वेष्ट फिल्डर, बरहथवाका रवि महताेलाई वेष्ट बलर, बरहथवाकै भाेला महताेलाई वेष्ट व्याट्स्म्यानकाे ट्रफी सहित पुरस्कृत गरियाे ।

हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथाेकी (कमल)काे प्रमुख आतिथ्यता रहेकाे प्रतियाेगिता समापन समाराेहमा हरिवन नगरपालिका-४ का वडाध्यक्ष केशव राज थापा, बरहथवा नगरपालिका-५ का वडाध्यक्ष शिवकुमार सिंहकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे भने स्थानीय नेकपा माओवादी केन्द्रका नेता केदार बस्नेत, अन्य भद्रभलाद्मी लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

केही वर्षअघि पटाैनामा साई बाेर्डीङ स्कुल स्थापना गरेका र हाल अमेरिका निवासी राजेश क्षेत्री, शान्ता क्षेत्री र मनिष क्षेत्रीकाे विशेष सहयाेगमा प्रतियाेगिता सम्पन्न भएकाे हाे । हरिवन-४ का वडाध्यक्ष थापाले राजेश क्षेत्री परिवारले पटाैनाबासीका लागि शिक्षा, स्वास्थ्य, खेलकुद लगायत हरेक क्षेत्रमा ठूलाे गुण लगाइरहेकाे उल्लेख गर्दै हार्दिक आभार प्रकट गरे ।