logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

छेठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु


  • उज्यालो अभियान

लालबन्दी, २३ माघ – लालबन्दी नगर स्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ ।

लालबन्दी नगरपालिकाको आयोजना तथा जनता माध्यमिक विद्यालय लालबन्दी ११ हीरापुरको व्यवस्थापनमा हीरापुरस्थित खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको आज दिउँसो नगर प्रमुख बासुदेव अधिकारीको अध्यक्षता, प्रदेशसभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यता, नगर उपप्रमुख कल्पनामाया पाख्रिन र पूर्व मन्त्री शम्भुलाल श्रेष्ठको विशिष्ठ आतिथ्यतामा उद्घाटन गरिएको जनता मावि हीरापुरका प्रधानाध्यापक पुुष्पबहादुर श्रेष्ठले जानकारी दिए ।

पर्सीसम्म चल्ने प्रतियोगितामा नगरभित्रका २५ वटा सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीले विभिन्न खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

आज उद्घाटनकै अवसरमा विभिन्न खेल विधामा प्रतिस्पर्धा गराइएको छ । पर्सी विभिन्न विधाका बिजेता विद्यार्थी तथा विद्यालयलाई पुरस्कृत गरी प्रतियोगिताको समापन हुने कार्यक्रम संचालक एवं देविथान प्रावि लालबन्दी १ का प्रधानाध्यापक गोविन्द आचार्यले बताए ।