logo
  • मङ्लबार, कार्तिक ११, २०८३ / Tuesday, Oct, 27 ,2026

सोनाम ल्होछारको अवसरमा हरिवनमा तीनदिने महोत्सव हुँदै


  • उज्यालो अभियान

हरिवन, ०५ माघ – तामाङ समुदायको मञ्जुश्री सम्बत् २८६१ औं डुल/सा पुख्री ल्हो सोनाम ल्होछारको अवसरमा वृहद् साँस्कृतिक महोत्सव हुने भएको छ ।

तामाङ समाजको आयोजनामा यही माघ १६, १७ र १८ गते हरिवन नगरपालिका-५, घुर्कौली स्थित खेल मैदानमा महोत्सव आयोजना गरिएको कार्यक्रम संयोजक सिंग बहादुर योञ्जनले जानकारी दिए । महोत्सवमा तामाङ समुदायको कला संस्कृति एवं भेषभुषाका झाँकी सहित राष्ट्रिय स्तरमा चर्चित तामाङ गायक/गायिकाहरु इन्दिरा गोले, जीवन बोम्जन तामाङ, संजिव घिसिङ तामाङ, देव कुमार स्याङ्तान, बुद्ध घिसिङ तथा तामाङ चलचित्र निर्देशक निमा लामा तामाङहरुको कला प्रस्तुती रहने छ ।

स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती समेत रहने महोत्सवमा तामाङ समुदायका परिकारहरु सहित विभिन्न स्टलहरु समेत राखिने कार्यक्रम संयोजक योञ्जनले जानकारी दिए । हरिवन नगरपालिका वडा नं. ५ कार्यालयको सहयोगमा हुने महोत्सवले तामाङ समुदायको उत्थानका टेवा पुग्ने आयोजकले विश्वास लिएको छ ।