प्रतिकात्मक तस्बीर ।
बलरा, २७ पुस – आगलागीबाट बलरामा १ लाख ५० हजार रूपैंया बराबरकाे उखु नष्ट भएकाे छ ।
शुक्रबार दिउँसाे २ बजे बलरा नगरपालिका-९ निबासी शंकर राय यादवले आफ्नो खेतमा रहेको उखुको पत्कर जलाउने क्रममा छेउमा रहेकाे उखुबारीमा आगाे सल्किएकाे प्रहरीले जनाएकाे छ । पत्करमा लगाएकाे आगाे अनियन्त्रित भई स्थानीय निरज सिंह र पंकज सिंहको १२ कठ्ठामा रहेको उखुबारीमा आगाे सल्कन पुगेकाे थियाे । प्रहरी र स्थानीयहरुको सहयोगमा दिउँसाे साँढे ३ बजे आगाे नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।