मलंगवा, १३ पुस – पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को बिजेता टिम जनकपुर बोल्ट्सका खेलाडीलाई आज सर्लाही सदरमुकाम मलंगवामा भव्य स्वागत गरिएको छ ।
ट्रफी प्रदर्शन गर्दै प्रदेशको आठै जिल्लामा पुुग्ने अभियानमा रहेको टोलीलाई आज साँझ सदरमुकाम मलंगवामा स्थानीय खेलप्रेमीले भव्य स्वागत गरेका हुन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य समेत रहेका अनिल साह, आशिफ सेख, ललित राजवंशी समेत रहेको जनकपुर बोल्ट्सका खेलाडीलाई खेलप्रेमीले उत्सवको नारा लगाउँदै मलंगवा नगरपरिक्रमा गराएका छन् ।
सर्लाहीमा ट्रफी प्रदर्शन गर्दै खेलाडीको टोली रौतहटतर्फ प्रस्थान गरेको छ ।
जनकपुरले एनपीएलको फाइनलमा सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै पहिलो संस्करणको उपाधि हात पारेको थियो ।